एसएसपी रमेश थापाद्वारा वरिष्ठ सईमा बढुवा भएका दुई जनालाई दर्ज्यानी चिन्ह प्रदान

 

काठमाडौँ जिल्ला प्रहरी परिसर प्रमुख एसएसपी रमेश थापाको प्रमुख अतिथ्यमा वरिष्ठ सईमा बढुवा हुनुभएका रोशन चन्द र रामचन्द्र बस्नेतलाई दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ ।

बिज्ञापन

नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको पत्रादेश अनुसार प्रहरी नायव निरीक्षक पदबाट प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा बढुवा तथा पदस्थापन हुनु भएका प्रहरी वरिष्ठ नायव निरीक्षक रोशन चन्द र रामचन्द्र बस्नेतलाई एसएसपी रमेश थापाले दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको छ ।

साथै एसएसपी थापाले बढुवासँगै जिम्मेवारी बढेकाले आगामी दिनहरूमा अझ धेरै सफलता मिलोस् भन्दै शुभकामना समेत व्यक्त गर्नुभयो ।