चुनावको राम्रो तयारी गर्न प्रधानमन्त्रीलाई भण्डारीको सुझाव

# चुनावको राम्रो तयारी गर्न प्रधानमन्त्रीलाई भण्डारीको सुझाव
काभ्रे प्रेस
काभ्रे प्रेस || आइतबार, मंसिर २१, २०८२
चुनावको राम्रो तयारी गर्न प्रधानमन्त्रीलाई भण्डारीको सुझाव

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ ।

आन्दोलनका कारण क्षतिग्रस्त भएको सिंहदरबारमा संरचनाको अवलोकनपछि पूर्वराष्ट्रपति भण्डारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गरेकी हुन् ।

बिज्ञापन

भेटका क्रममा निर्वाचनको तयारी लगायत मुलुकको समसामयिक विषयमा कुराकानी भएको थियो । भेटपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आसन्न प्रतिनिधिसभाको निर्वाचन गर्न राम्रो तयारी गर्न सुझाव दिएको बताइन् ।

प्रतिक्रिया दिनुहोस !
up