काठमाण्डौ – एक्सन प्रधान नेपाली कथानक चलचित्र ‘आँधी तुफान – २’ को दुईवटा गीतको छायांकन सकेर शुटिङ युनिट नेपाल फर्किएको छ । केही महिना अघि मात्र नेपालमा शुटिङ सम्पन्न गरी चलचित्रको टिम गोवा पुगेको र सम्पूर्ण कार्य सकेर फर्किएको जानकारी चलचित्रका निर्माता तथा लेखक मौनता श्रेष्ठले जानकारी गराउनु भयो ।

चलचित्रको टाइटल गीतमा सिवानी मोक्तानको स्वर रहेको छ भने संगीत सुरेश अधिकारीको रहेको छ । त्यस्तै अर्को गीतमा ओम सुनारको संगीत, दिपेन्द्र खड्का शब्द तथा संगीत रहेको छ । गीतमा नृत्य निर्देशन भने अबी वाग्लेको रहेको छ भने अभिनय सन्जित भण्डारी, सोनी बिसी, यङ्शु श्रेष्ठ र आरती आचार्यको रहेको छ ।

हाल बनिरहेको चलचित्र डेढ दशक अघि व्यावसायिक रूपमा सफल मानिएको चलचित्र ‘आँधी तुफान’ को सिक्वेल हो । चलचित्रलाई निर्देशक मदन घिमिरेले निर्देशन गरिरहेका छन भने चलचित्रमा सञ्जीत भण्डारी, सञ्जय खतिवडा, आरती आचार्य, रिचा थापा, पुनम गौतम, सान अधिकारी, सोनी बिसी, जोया बुढाथोकी, रुपा केसी, मुकुन्द थापा, कनिज कोइराला, याङ्सु श्रेष्ठ, पुष्कर राउत, बिन्दीया ठकुरी, रमेश तामाङ, राजाराम गौतम, गोकुल सुवेदी, सरोज दाहाल लगायतको अभिनय रहने छ ।

चक्र घर्ती निर्माता रहेको चलचित्रमा सुरेश अधिकारीको संगीत, प्रेम चुल्ठेको द्वन्‍द, कमल राईको नृत्य निर्देशन तथा रामशरण उप्रेतीको छायांकन रहनेछ ।

 

 

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..