

काभ्रे । सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो लघु विमा कार्यक्रममा आवद्ध सदस्य स्वर्गीय श्री गोविन्द बहादुर मगरको मृत्यु पश्चात प्राप्त हुने विमा दावी रकम हस्तान्तरण गरेको छ।

संस्थाले आज पौष ८ गते मंगलटार सेवाकेन्द्रमा आयोजित औपचारिक कार्यक्रममा मृतक सदस्यका छोरा भिमसेन रुचाललाई विमा दावी वापतको रकम हस्तान्तरण गरेको हो। हस्तान्तरण गरिएको रकम २,२५,०००।०० (अक्षरेपी रु दुई लाख पच्चीस हजार रुपैयाँ) रहेको छ।


कार्यक्रममा संस्थाका अध्यक्ष मुकुन्द शर्मा, सचिव सरोज कुमार तिमल्सिना, सञ्चालक सदस्य विकास पन्त, मंगलटार सेवाकेन्द्र व्यवस्थापन उप–समिति संयोजक राजेन्द्र प्रसाद अधिकारी, बचत तथा सदस्य सेवा विभाग प्रमुख योग बहादुर सापकोटा तथा बबिता बोहरा लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले सहकारी संस्थामार्फत सञ्चालित लघु विमा कार्यक्रमले सदस्य तथा परिवारलाई विपद् र संकटको घडीमा आर्थिक सुरक्षा प्रदान गर्ने उल्लेख गर्दै सहकारीको सामाजिक उत्तरदायित्वको उदाहरणका रूपमा यस्तो कार्यक्रम प्रभावकारी रहेको बताए।


