
पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठकले पार्टी विरोधी कार्य गरेको भन्दै उनीहरुलाई पार्टी सदस्य समेत नरहने गरी कारबाही गरेको हो ।


पार्टी अध्यक्ष माधव कुमार नेपालले केन्द्रीय सचिवालयको बुधबार बसेको बैठकबाट विधानको धारा १२१ (२) बमोजिम पार्टी सदस्य पनि नरहने गरी उनीहरूलाई कारबाही गरेका हुन् ।
बिज्ञापन


नेपाली कम्युनिस्ट पार्टी एकता घोषणा हुनुअघि नै यी ६ नेतालाई कारबाही गरिएको हो ।

जसअनुसार घनश्याम भूसाल, रामकुमारी झांक्री, किसान श्रेष्ठ, दामोदर अर्याल, नन्दलाल बन्जाडे र धर्मराज निरौलालाई पार्टीबाट कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ ।



