

काभ्रे । जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा मातहत कार्यालयको आयोजनामा ग्रामीण क्षेत्रमा सञ्चालन हुने दुई पाङ्ग्रे सवारी साधनका चालकहरूलाई लक्षित गर्दै ‘चालकसँग ५ मिनेट’ सचेतना कार्यक्रम सम्पन्न गरिएको छ।
बिज्ञापन

कार्यक्रमअन्तर्गत ट्राफिक प्रहरीले चालकहरूलाई तीव्र गतिमा सवारी नचलाउन, जथाभावी ओभरटेक नगर्न, मादक पदार्थ सेवन (मापसे) गरी सवारी नचलाउन, अनावश्यक प्रेसर हर्नको प्रयोग नगर्न तथा अनिवार्य कागजात साथमा बोकी सवारी चलाउन आग्रह गर्दै सचेतनामूलक प्रशिक्षण प्रदान गरेको थियो।


सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक नियमप्रति चालकहरूको जिम्मेवारी बोध गराउने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रममा सुरक्षित सवारी सञ्चालनसम्बन्धी विभिन्न जानकारीसमेत प्रदान गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।


