
सामाजिक सञ्जालमा उनले लेखेका छन्, “पूर्वराष्ट्रपतिको भनाइमा उदेक लाग्यो, आफैँ उभिएको धरातलप्रति विश्वास किन डगमगायो?”

प्रदीप ज्ञवालीले आज बिहान सामाजिक सञ्जालमा लेखेका छन्, “हिँजो अस्तिका दुई दृश्यले आँखा बिझायो। महाधिवेशन सम्पन्न भएपछि केही कमरेडहरूले छुट्टै भेला आयोजना गर्नु अपेक्षित थिएन। महाधिवेशन पार्टीको सर्वोच्च निकाय हो, त्यसको निर्णयलाई अन्तिम नमान्ने हो भने पार्टी अन्त्यहीन बहसको क्लबमा परिणत हुनेछ।”

उनले महाधिवेशनको एक वर्षअघि आयोजना गरिएको थियो र त्यसको मुख्य उद्देश्य नेतृत्वको वैधता, सान्दर्भिकता र स्वीकार्यतालाई स्पष्ट पार्नु थियो। महाधिवेशनले ती प्रश्नहरूको स्पष्ट र द्विविधारहित उत्तर दिएको भन्दै उनले अब पार्टीलाई पुनः एकजुट र स्थिर बनाउन सबैको ऊर्जा केन्द्रित गर्नुपर्ने बताएका छन्।


ज्ञवालीले भने, “अब हाम्रो समग्र ऊर्जा लोकतन्त्रको लडाइँ, संविधान रक्षाको लडाइँ, स्थिरता, सुशासन, समृद्धि र राष्ट्रिय स्वाभिमानको यात्रामा केन्द्रीत हुनुपर्ने हो।”
अन्तमा, उनले पूर्वराष्ट्रपतिज्यूको राजतन्त्रको पुनर्स्थापना सम्बन्धी अभिव्यक्तिप्रति असहमत व्यक्त गर्दै भने, “अर्थात्, आफ्नो उभिएको धरातलप्रतिको विश्वास किन डगमगायो होला?”


