सरकार बाल सुधारगृहको सुधार र मर्मतमा सहयोग गर्ने : मन्त्री श्रेष्ठ

# सरकार बाल सुधारगृहको सुधार र मर्मतमा सहयोग गर्ने : मन्त्री श्रेष्ठ
काभ्रे प्रेस
काभ्रे प्रेस || शनिबार, पुष ०५, २०८२
सरकार बाल सुधारगृहको सुधार र मर्मतमा सहयोग गर्ने : मन्त्री श्रेष्ठ

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले बाल सुधारगृहको सुधार र मर्मतमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

शुक्रबार विराटनगरको बाल सुधारगृह, बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४, बाल हेल्पलाइन सेवा विराटनगर र पूर्वाञ्चल बालसेवा आश्रमको निरीक्षणपछि उनले बाल सुधारगृहको व्यवस्थापनमा थप सहयोग गर्ने र आवश्यक बजेटको व्यवस्था गर्ने योजना बनाएको बताइन्।

बिज्ञापन
हाल, बाल सुधारगृहमा १८ वर्षसम्मका १४१ जना र १८ वर्ष माथिका ११३ जना बालबालिका छन्। मन्त्री श्रेष्ठले बाल सुधारगृहको अवस्था सुधार गर्न र बाल अधिकारको संरक्षण गर्न सरकार पूर्णतया प्रतिबद्ध रहेको जनाइन्।

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up