पुर्व पिएलए महिलाको मुढा बनाउने सीप विकास तालिम

काभ्रेपलान्चोक – पुर्व पिएलए महिला प्रतिष्ठिन नेपाल काभ्रे शाखाको आयोजनामा मुढा बनाउने सीप विकास तालिम सम्पन्न भएको छ । पुर्व पिएलए महिला प्रतिष्ठिन नेपाल काभ्रे शाखाको आयोजनामा सामाजिक विकास मन्त्रालयको सहयोगमा सीप विकास तालिम ७ दिने मुढा बनाउने तालिम सम्पन्न भएको हो ।आयोजनामा काभ्रे जिल्लाका १३ वटा स्थानीय तहको २० जना महिलाहरुको सहभागिता रहेको थियो। महिलाहरुलाई ७ दिनसम्म मुढा बनाउने तालिम दिइएको हो ।

पुर्व पिएलए महिला प्रतिष्ठिन नेपाल काभ्रे शाखाको अध्यक्ष सुन्तली थिङको अध्यक्षतामा भएको तालिमको समापन कार्यक्रममा नेकपा माओवादी केन्द्रको काभ्रे जिल्ला सचीव दैबलाल घिसिङको प्रमुख अतिथि र समाजसेवी, सामाजिक अभियान्ता तथा युवा नेता राजन अधिकारीको विशेष अतिथि रहेका थिए। त्यसैगरी पुर्व पिएलए महिला प्रतिष्ठिन नेपालको केन्द्रिय कोषाध्यक्ष सरस्वती लामा विशेष अतिथि रहेकी थिइन् ।महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत सामाजिक विकास मन्त्रालय हेटौंडा सीप विकास कार्यालयको विशेष सहयोगमा ३ लाख बजेटबाट तालिम सञ्चालन गरिएको पुर्व पिएलए महिला प्रतिष्ठिन नेपाल काभ्रे शाखाको अध्यक्ष सुन्तली थिङ बताइन् ।कार्यक्रमको प्रमुख अतिथि सचिब घिसिङले तालिमले महिलाहरुलाई उद्यमशील बन्नका लागि सहयोग पुग्ने बताए। उद्यमशील भई घरायसी खर्च व्यवस्थापन गर्नका लागि तालिममा सिकेको सीपको प्रयोग गर्न उनले सहभागीलाई आग्रह गरेका थिए।

बिज्ञापन

त्यसैगरी सामाजिक अभियान्ता, समाजसेवी तथा युवा नेता राजन अधिकारीले तालिममा सिकेको सीपलाई सही सदुपयोग गरि बजारमा प्रतिष्पर्धा गर्नसक्ने गरि मुढाको निर्माण गर्न अनुरोध गरेका थिए । पहिलो दिनमा सहभागी हुँदा मुढा बनाउन सकिँदैन कि भन्ने लाग्थ्यो अहिले आफैले मुढा बनाउन सक्दा खुसी लागेको सहभागी सहभागीहरु बताउछन् ।प्रशिक्षक पंकज माझी र श्याम कुमार श्रेष्ठले मुढा बनाउने तालिम दिएका थिए । सहभागीहरुलाई तालिममा खाजा खर्च, मुढा बनाउने खर्च, यातायात खर्च समेत प्रदान गरिएको थियो । पुर्व जन्मुक्ती सेना महिला प्रतिष्ठिन नेपालले महिलाहरुलाई विभिन्न किसिमको तालिमहरु बेला बेला दिदै आइरहेको छ ।