काभ्रेपलान्चोक – ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले शुक्रबार बडा दशैं शुभकामना कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ ।

कार्यक्रम दुई चरणहरुमा गरिएको थियो । विहानी तथा दिवा सत्रको कार्यक्रममा व्यवस्थापन समिति सदस्य तथा प्रबन्ध निर्देशक प्रताप वैद्यले शुभकामना मन्तब्य राखेका थिए ।

वैद्यले विद्यार्थीहरुलाई नैतिक, व्यावहारिक भई चाड पर्वमा आफ्नो परिवारका सदस्यहरुलाई सर–सहयोग गर्ने, स्वस्थ्यकर खानेकुराहरु खाने र तनाब रहित वातावरणमा आफ्नो परिवारहरु संग बसेर सभ्य भई चाडपर्व मनाउने विचार व्यक्त गर्दै शुभकामना प्रदान गरेका थिए।

सोहि कार्यक्रमहरुमा सहायक कलेज प्रमुख नवराज चौलागाई र सहायक प्रधानाध्यापक रत्नराज खतिवडाले शिक्षक, अभिभावक, शुभचिन्तक तथा विद्यार्थीहरुलाई शुभकामना प्रदान गरेका थियो ।

दोस्रो चरणको कार्यक्रममा आफ्नो संस्कृति झल्कने विभिन्न सांस्कृतिक नृत्य, गायन प्रस्तुत गरेका थिए भने अन्तयमा सम्पूर्ण तहमा अध्ययनरत विद्यार्थीहरुलाई कक्षा शिक्षकहरुले टिका, जमरा, उपहार प्रदान गरेका थिए ।

 

 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..