काभ्रे भञ्ज्याङ, धुलिखेल नगरपालिका वडा नं ९ मा रहेको श्री निजानन्द सुर्योदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा शनिबार काभ्रे भञ्ज्याङमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष विदुर बहादुर बस्नेतको अध्यक्षता र बागमती प्रदेशसभा सदस्य सुना परियारको प्रमुख आतिथ्यतामा भएको साधारणसभाले आगामी कार्यकालको लागि नयाँ नेतृत्व समेत सर्वसम्बत चयन गरेको छ । गत २५ गते आयोजित निर्वाचन प्रक्रियामा सर्वसम्वत नेतृत्व चयन भएको हो । जस अनुसार अध्यक्षमा राजेन्द्र हुमागाई, उपाध्यक्षमा श्यामकृष्ण हुमागाई, सचिवमा प्रभुराम हुमागाई, कोषाध्यक्षमा राजन हुमागाई र सदस्यहरुमा बृन्दा बस्नेत, आदर्श सिग्देल, सुभद्रा घिमिरे, राम प्रसाद हुमागाई, रामचन्द्र सिग्देल, मुरली प्रसाद बजगाई तथा रामचन्द्र होमेगाई रहेका छन । त्यसैगरी लेखा तथा सुपरिवेक्षण समिति संयोजकमा हरिदेव सिग्देल र सदस्यहरुमा दिपकराज बजगाई तथा नारायणी गौतम रहेका छन भने ऋण उप–समिति सदस्यमा रामप्रसाद हुमागाई र टिकाराम गौतम सर्वसम्वत चयन भएका हुन ।
आपसी सहयोग सदभाव र सामुहिक हितका लागि सहकारी भन्ने मुल नारा रहेको संस्थाको सभाले चालु आर्थिक वर्ष २०७९÷८० को आम्दानी र खर्चका साथै आगामी आर्थिक बर्ष २०८०÷ ८१ को नीति तथा कार्यक्रमहरु समेत पास गरेको थियो । कोषाध्यक्ष रविन्द्र सिग्देलले पेस गरेको आर्थिक प्रतिवेदन, लेखा समितिका संयोजक बलराम सिग्देलले पेस गरेको लेखा समीतिको प्रतिबेदन र सचिव राजेन्द्र हुमागाईले प्रस्तुत गरेको प्रगति प्रतिबेदन साधारण सभाबाट सर्वसम्मत रुपमा अनुमोदन गरेको छ । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष रामचन्द्र हुमागाईले राखेका थिए भने कार्यक्रम संचालन संस्थाका सचिव राजेन्द्र हुमागाईले गरेका थिए ।
कार्यक्रममा नेपाल बार एसोसियसन काभ्रेका पुर्व अध्यक्ष रमेश प्रसाद हुमागाई, धुलिखेल नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष बद्री प्रसाद हुमागाई, जिल्ला सहकारी संघ लि. का सञ्चालक सदस्य राजन हुमागाई, हिमकाली सहकारीका अध्यक्ष अर्जुन बजगाई, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका सल्लाहकार नवराज बजगाई, नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाका उपमहामन्त्री राजु सिग्देल, काभ्रे उपशाखा सभापती राजु हुमागाईलगायत संस्थाका संचालक समिति, लेखा समिति तथा उपसमिति, संस्थाका कर्मचारी लगायत शेयर सदस्यहरुको उपस्थित रहेको थियो ।