एनप्याव्सन भक्तपुरको हाजिरी जवाफमा इडेन प्रथम मदरल्याण्ड द्वितीय

 

पौष २ गते
भक्तपुर, नेशनल प्याब्सन भक्तपुरको कार्यक्रम अन्तर्गत विमल मेमोरियल विद्यापीठको आयोजनामा सम्पन्न माध्यमिक तह “अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता-२०८२” मा इडेन गार्डेन स्कुल प्रथम र मदरल्याण्ड स्कुल द्वितीय हुन सफल भएक छन् ।

बिज्ञापन

नेशनल प्याब्सन अन्तर्गतको सदस्य विद्यालयहरूको सहभागिता रहेको कार्यक्रम विमल स्कुलको हलमा सम्पन्न भएको हाे ।

प्रतियोगितामा इडेन गार्डेन प्रथम, सफल भएको थियो भने मदरल्याण्ड इङ्गलिस स्कुल दोश्रो, ऋतम्भरा पाठशाला स्कूल तेश्रो र आरक्षण नेशनल स्कुलले सान्त्वना स्थान हासिल गर्न सफल भएका थिए ।

सूर्यविनायक नगरपालिका वडा नम्बर १० का प्रशासकीय प्रमुख कुमार राउतकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि राउतले विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुहुँदै विद्यार्थीहरूले मिहिनेत गरेमा फल अवश्य प्राप्त हुने कुरा समेत व्यक्त गर्नुभयो ।

नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्‌काले कार्यक्रम भव्य एवं सभ्य रुपमा सम्पन्न गरेकोमा आयोजक विमल मेमोरियल विद्यापीठ विद्यालयलाई धन्यवाद ज्ञापन गर्दै विजेता विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्नुका साथै यस्ता कार्यक्रमहरुमा सम्पूर्ण विद्यालयहरुले सहभागिता जनाउनु पर्ने कुरामा जोड दिनु भयो ।

कार्यक्रमका सभापति एवं आयोजक विद्यालय विमल मेमोरियल विद्यापीठका प्रधानाध्यापक कुमार थापा मगरले कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको श्रेय सहभागी विद्यालय तथा विद्यार्थीहरूलाई दिनुहुदै कार्यक्रम आयोजना गर्ने अवसर प्रदान गरेकोमा नेसनल प्याव्सन भक्तपुर संस्थाप्रति आभार व्यक्त गर्नुभयो ।