काभ्रेपलान्चोक – भोलि ६ गते शनिबार देशभर हुने एमालेको वडा अधिबेशनको तयारीमा काभ्रेको बनेपा नगर कमिटीले बैठक बसि आफ्नो तयारी पुरा गरेको छ ।

आज बसेको बनेपा नगर कमिटीको बैठकले वडा अधिबेशनको तयारीका लागि जिम्मेवारी तोकेको छ  ।

लक्ष्मी नरसिंह बादेको अध्यक्षतामा बसेको बैठकमा केन्द्रिय सदस्य एवं जिल्ला सदस्यहरुले निर्देशन दिनु भएको थियो ।

बैठकले सबै वडाका संगठित सदस्यहरुको नविकरण तथा नयाँ सदस्यहरुको टुंगो लगाइएको बताएको छ। यो अधिबेशनमा बनेपा बाट पाँच हजार भन्दा धेरै संगठित सदस्यले भाग लिने बताईएको छ ।

भोलि ६ गते वडा अधिबेशन सम्पन्न भए लगत्तै नगर कमिटीको अधिबेशन हुने छ । वडाबाट निर्वाचित भएर आउने प्रतिनिधिहरुले नगर कमिटी चयन गर्नेछन् । 

बनेपा नगर अधिबेशन उद्घाटनको प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य, पुर्व मन्त्री एवं जिल्ला इन्चार्ज गोकुल बास्कोटाको आतिथ्यतामा बनेपा नगर अधिबेशनको उद्घाटन हुने भएको छ ।

बनेपा नगर कमिटीक अधिबेशन ९ गते बिहान १० बजे बनेपाको पुरानो तरकारी बजार नीर रहेको उग्रचण्डी पार्टी ब्यालेस बाट हुने बताइएको छ ।             

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..