गीता अधिकारीको ‘छम्म छम्म नाचौँ न’ सार्वजनिक

|| आइतबार, साउन १५, २०७९
गीता अधिकारीको ‘छम्म छम्म नाचौँ न’ सार्वजनिक

हिन्दू महिलाहरूको महान् पर्व तीजलाई लक्षित गर्दै यस वर्षका तीज गीत सार्वजनिक हुने क्रममा छन् । यही मेसोमा नारायण रिजालको निर्देशन रहेको तीज गीत ‘छम्म छम्म नाचौँ न’ सार्वजनिक भएको छ । सञ्चारकर्मी गीता अधिकारीको शब्द, शान्तिश्री परियार र सारिका घिमिरेको स्वर, योगेशकाजीको संगीत/एरेञ्ज, पवन विश्वकर्माको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियो शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो ।

वरिष्ठ गायिका ज्ञानु राणाको प्रमुख आतिथ्यता र वरिष्ठ सङ्गीतकार राजु सिंहको सभापतित्वमा भएको कार्यक्रममा विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, साहित्यकार शैलेन्द्र चापागाईं, सञ्चारकर्मी सानुकाजी श्रेष्ठ, तुलसी गिरी ‘भावुक’ लगायत व्यक्तित्वहरूको आतिथ्यता रहेको थियो । उहाँहरूले तीजको मौलिक गीत बनेकोमा गीत र भिडियोसँग सम्बन्धित सबैलाई बधाई तथा शुभकामना दिनुभएको थियो । ‘तीज गीतमा पछिल्लो समय मौलिकता हराउँदै गएको हो कि भन्ने पाइन्छ गीतहरू सुन्दा तर यस्ता गीतले यसको मौलिकता बचाइराख्दछन्,’ प्रमुख अतिथि राणाले भन्नुभयो । सो अवसरमा गीत संगीतसँग सम्बन्धितहरूलाई प्रशंसा पत्र अर्पण गरिएको थियो ।
सात दिदीबहिनीको कथा बुनिएको गीतको भिडियोमा रोशन बुढाथोकीको कोरियोग्राफ रहेको छ । भिडियोमा रश्मी भट्ट, सारिका घिमिरे, रेनुका रिजाल, सुस्मिता लामा, संगीता श्रेष्ठ, आरती थापा मगर, सुस्मिता पौडेल, सपना रिमाल, माया थापालगायत कलाकारको अभिनय तथा नृत्य रहेको छ । ६० जनाभन्दा बढी कोरस प्रयोग गरिएको भिडियो आकर्षक ढंगबाट निर्माण गरिएको छ ।

नरेश खरेलको शृंगार, राहुल राईको छायांकन र विष्णु शर्माको सम्पादन रहेको भिडियोको पोस्ट प्रोडक्सन शिव कैलाश कला मन्दिर रहेको छ । गीतको भिडियो ओएसआर डिजिटलमार्फत् सार्वजनिक गरिएको हो ।

बिज्ञापन

सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीका यसअघि ‘यतै घमाइलो उतै घमाइलो’, ‘बजाउँदै चुरा’, ‘तीजैमा व्रत बसी’ जस्ता तीज गीत सार्वजनिक भएका छन् । यस्तै उहाँका अन्य गीत पनि श्रोता/दर्शकमाझ लोकप्रिय रहेका छन् । तस्विर : सुरेन्द्र थापा ।

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट

छुटाउनु भयो र ! ?

हाम्रो बारेमा

यो वेवसाइट Kavrepress.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क स्थान

सम्पर्क
काभ्रे प्रेस डट कम (KavrePress.com )
९८०३१२३१७६
९८६०८९७९८७
[email protected]
बनेपा नगरपालिका – ९ नयाँबस्ती , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. :२८००/०७८-७९
पान नं. : १०८१७८२२७

हाम्रो टिम

प्रकाशक / प्रधान सम्पादक

अरबिन्द्र गौतम

सल्लाहकार तथा संरक्षक

नवराज बजगाईं

सम्पादक:- सागर घिमिरे

संवाददाता :- दिनेश भण्डारी

संवाददाता : रामेन्द्र गौतम