
काठमाडौं : प्रहरीले चोरीका सामानसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैतडीको पुर्चौडी नगरपालिका–८ की ४१ वर्षीया गजेन्द्रा लहार रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्राईले जानकारी दिए।

लहारलाई प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले बानेश्वरबाट पक्राउ गरेको हो। उनले २२ मंसिरमा काठमाडौं महानगरपालिका–१० देवीनगरस्थित एक घरबाट नगद र सुनका गरगहना चोरी गरेको खुलासा भएको छ।
बिज्ञापन





