इजरायली नागरिकमाथि हातपात गर्ने २ जना पक्राउ

# इजरायली नागरिकमाथि हातपात गर्ने २ जना पक्राउ
काभ्रे प्रेस
काभ्रे प्रेस || सोमबार, मंसिर २२, २०८२
इजरायली नागरिकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौँ : काठमाडौँमा इजरायली नागरिकमाथि हातपात गर्ने दुई जना पक्राउ

काठमाडौँ महानगरपालिका–१६ कालधारास्थित सडकमा २५ वर्षीय इजरायली नागरिक अर्मोजा अल्मोगमाथि हातपात गर्ने २६ वर्षीय पेम्बा तामाङ र ३० वर्षीय श्याम तामाङलाई प्रहरीले पक्राउ गरेको छ।

बिज्ञापन
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार, तामाङ दाजुभाइले १५ मंसिरको राति १० बजेतिर सडकमा हिँडिरहेका अल्मोगलाई लछारपछार गर्दै हातपात गरेका थिए।

अल्मोग कालधारास्थित योग होस्टलमा बस्दै थिए। पक्राउ परेकाहरूमाथि अभद्र व्यवहारको आरोपमा प्रहरी वृत्त सोह्रखुट्टेबाट अनुसन्धान जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट

छुटाउनु भयो र ! ?

up