मण्डनदेउपुर नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन प्राङ्गणमा रहेको मनमति मन्दिर स्थानान्तरण गर्न सहमति जुटेको छ । नगरपालिका र मन्दिर उपभोक्ता समितिबीच सहमति भएको हो ।

मन्दिरको १२ आना पर्ती जग्गामा नगरपालिकाको कित्ता नम्बर १०२९ बाट ८ आना जग्गा थप गर्ने निर्णय भएको छ । यो निर्णयसंगै अब मनमति मन्दिरको नाममा २० आना जग्गा भएको छ । मन्दिर हाल साविककै क्षेत्रमा रहनेछ ।

खास गरी मन्दिर उपभोग गर्दै आएका दनुवार समुदायसंग भएको पटक पटकको छलफल र अन्तरक्रियापछि सहमति जुटेको हो । मन्दिरको रंगरोगन र मर्मतसम्भारका लागि नगरपालिकाले प्रत्येक वर्ष मन्दिर ब्यवस्थापन समितिलाई १ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ । अहिले भैरहेको बाहेक अर्को एउटा मन्दिर निर्माण गरिनेछ । मन्दिर निर्माण पश्चात मनमतिको दुई वटा मन्दिर हुनेछ ।

 

प्रशासनिक भवनको पश्चिमपट्टीको सिमामा मन्दिरमा आउने भक्तजनका लागि शौचालय सहित सटर निर्माण गर्ने निर्णय भएको छ । त्यसैगरी प्रहरी चौकीको भवनका लागि छुट्याइएको जग्गाको सिमाना प्रशासनिक भवनको पछाडी पट्टी जोडिने गरी नगरपालिकाको जग्गाको तीन फिट र साँध जोडिएका जग्गाको तीन फिट गरी मन्दिरसम्म ६ फिटको सडक विस्तार गर्न साँध जोडिएका जग्गा धनीसंग साझेदारी गर्ने र मनमती मन्दिर परिसरमा एक थान सोलार बत्ति नगरपालिकाले जडान गर्ने निर्णय भएको नगरप्रमुख टोक बहादुर वाईबाले जानकारी दिनुभयो ।

मनमती मन्दिर दनुवार समुदायको आस्थासंग जोडिएको मन्दिर हो । यो मन्दिरमा प्रत्येक फागुन पूर्मिणको दिन विशेष मेला लाग्ने गरेको मन्दिर ब्यवस्थापन समितिका सदस्य सुकमान राईले बताउनुभयो । दशैँको फुलपाती, अष्टमी, नवमीमा पूजा गरिनेछ । त्यस्तै अन्य चाडपर्वमा समेत पूजापाठ हुँदै आएको राईको भनाई छ ।

आजै राती मन्दिरमा विधिपूर्वक पूजाआजा गरेर भोलीसम्म पुरानो मन्दिरमा रहेको देवता नयाँ मन्दिरमा सार्ने र आइतबारबाट नगरपालिकाले पुरानो मन्दिर भएको क्षेत्र सम्याउने सहमति भएको छ ।

नगरप्रमुख वाईबाले प्रशासनिक भवन निर्माण थाले यता ७ औँ पटकको छलफलपछि मन्दिर स्थानान्तर गर्न सहमति जुटेको बताउनुभयो । ‘ढिलै भएपछि सहमति भएको छ । हाम्रो लागि यो एउटा सफलता हो । हामी विकासमा बल प्रयोग भन्दा पनि समझदारीका साथ अघि बढ्न चाहान्छाँै । उहाँहरुले राख्नु भएको माग नगरपालिकाले पुरा गर्नेछ । अर्को नयाँ मन्दिर पनि बनाउने छौँ । भक्तजनका लागि सतल निर्माण गरिनेछ । मठमन्दिरको संरक्षण गर्ने दायित्व नगरपालिकाको हो ।’ नगरप्रमुख वाईबाले भन्नुभयो ।

नगरप्रमुख वाईबा, प्रमुख प्रशासकीय अधिकृत डाक्टर लोक बहादुर लोप्चन, वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु पौडेल सहितको उपस्थितिमा पुरानो मन्दिरको जग्गा नगरपालिकालाई दिन सहमति गरे बापत दनुवार समुदाय कदर पत्रद्वारा सम्मान गरिएको छ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..