पाटिलाई बलियो र सभ्य बनाउनका लागि नै बुद्धिजीबी कार्यकर्ताको आवश्यकता पर्ने र यो कमिटिले बुद्धिजीबीहरुको नेतृत्व गर्ने केन्द्रिय उपाध्यक्ष कबिता लुईटेलले प्रकाश पार्नु भयो । जिल्ला अध्यक्ष ब्याञ्जुले पाटिमा गोलबद्ध भई आफ्नो गतिविधि तिव्र पार्न र पालिकास्तरीक कमिटि निर्माण गर्नका लागिसमेत कार्यक्रमबाटै निर्देशित गर्नुभएको थियो । जिल्ला ईन्चार्ज रोक्काले भने राजनीतिमा बैद्धिक वर्गको नेतृत्व गर्नपर्ने परिपेक्षमा यस कमिटिको नेतृत्व जिल्लास्तरमा नै महत्वपुर्ण भुमिका रहने बताउदै आफुहरुले बैद्धिक वर्गलाई मात्र यस कमिटिमा राखिएको र सम्पुर्ण जिल्ला कमिटिमा रहनुभएका व्यक्तित्वहरु जिल्लाका बैद्धिक वर्गका पनि नेतृत्व रहेका कारणले गर्दा पाटि संगठनलाई मर्यादित बनाउन अग्रणी भुमिकामा यस कमिटि रहेको जानकारी दिनुभयो ।

परिषद्को काभ्रे जिल्ला कमिटिमा अध्यक्ष डा.अम्बु भवानी कार्की, उपाध्यक्ष वीर वहादुर थापा, सचिवमा अधिवक्ता रामशरण घिमिरे, सह सचिवमा भिमशेन के.सी., कोषाध्यक्ष केशव काफ्ले, सदस्यहरमा केशव काफ्ले, निर्मला सापकोटा, बद्रि तिमल्सिना, सत्य नारायण श्रेष्ठ, बसन्त नेपाल, राजदाश काफ्ले, शिव बञ्जारा, केशव थापा, देविन प्रधान, अनन्त पराजुली रहेका परिषद्को जिल्ला ईन्चार्ज प्रकाश रोक्काले जानकारी दिनुभयो । बैद्धिक परिषद्को जिल्ला अध्यक्ष कार्की तेजगंगा बहुमुखी क्याम्पसका प्रधानाध्यापक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly