बलेफी–जलबिरे कात्तिके सडकखण्डमा घर–टहरा हटाउने कार्य तीव्र

# बलेफी–जलबिरे कात्तिके सडकखण्डमा घर–टहरा हटाउने कार्य तीव्र
काभ्रे प्रेस
काभ्रे प्रेस || आइतबार, मंसिर २१, २०८२
बलेफी–जलबिरे कात्तिके सडकखण्डमा घर–टहरा हटाउने कार्य तीव्र

सिन्धुपाल्चोक -बलेफी–जलबिरे कात्तिके सडक खण्डको मुख्य नाका बलेफी बजार क्षेत्रमा सडक छेउका घर–टहरा हटाउने काम तीव्र गतिमा भइरहेको छ। बलेफी गाउँपालिका–५ वडा कार्यालय, गाउँपालिकाको प्रमुख प्रशासन, सडक डिभिजन कार्यालय र स्थानीय बासिन्दाको समन्वयमा सडक छेउका संरचना हटाउने प्रक्रिया अघि बढाइएको हो।

सडक विस्तार तथा व्यवस्थापनका लागि अवरोध नपरोस् भन्ने उद्देश्यले बलेफी गाउँपालिका वडा नं. ५ का कार्यबाहक वडा अध्यक्ष नारायण खड्का स्वयं डोजर सहित फिल्डमा खटिएका छन्। अध्यक्ष खड्काको नेतृत्वमा टोलीले दायाँ–बायाँ रहेका अस्थायी टहरा तथा अतिक्रमणमा परेका संरचना हटाउने काम निरन्तर जारी राखेको छ।

स्थानीय बासिन्दाले पनि सडक विस्तारको कामलाई सहज बनाउन सहयोग पुर्‍याउँदै आएका छन्। सडक चौडा भएपछि यातायात सुगम हुने, दुर्घटना घट्ने र बजार क्षेत्र थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।

बिज्ञापन

बलेफी बजार हुँदै जलबिरे–कात्तिके सडक खण्ड क्षेत्रीय यातायातका लागि महत्त्वपूर्ण मानिन्छ।

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up