टाढाको यात्रा व्यवस्थापनमा खर्च बढ्नेछ । केही चुनौतीहरू देखिनेछन् । अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्ला । हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । सानातिना काममा समय व्यतीत हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
सामान्य आम्दानी भइरहनेछ । व्यवसायमा फाइदै हुनेछ । यात्रामा धनमाल हराउन सक्छ, सचेत रहनुहोला । आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुन सक्छ । यात्रामा सोचे जस्तो रमाइलो नहुन सक्छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
पति पत्नीमा अविश्वास बढ्ने योग छ । व्यावसायिक यात्रा सम्भावना छ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेमको बन्धन कसिने बेला छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । मनोरञ्जन पूर्ण समय रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
परिवारजन तथा बन्धु बान्धवबीच आत्मीय भाव बढ्नेछ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ । कल्पना र भावनामा केन्द्रित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ । मुखलाई नियन्त्रणमा राख्नुहोला । नचिताएको स्थानबाट धनागमनको संकेत छ । शरीर फूर्तिलो भएको महसुस हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
गरी आएका काम र व्यापार व्यवसायमा राम्रै फाइदा हुनेछ । अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ । शोख पूरा गर्नमा केही खर्च बढ्नेछ । पारिवारिक वातावरण पनि तपाईंको अनुकूल हुने छैन । शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
मौकाको फाइदा लिन सकिनेछ । शत्रु र रोगबाट छुटकारा मिल्नेछ । मुद्दा मामिलामा विजयी भइएला । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइ लेखाइमा प्रगति हुनेछ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । जीवनसाथी, सन्तति वा साथीसँग सम्बन्ध आत्मीय बन्ने छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्न सक्छ । आर्थिक लाभ प्राप्त होला । सहयोगीहरूले साथ दिनेछन् । पढाइ लेखाइमा प्रगति हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
बाध्यतापूर्ण कामको बोझ थपिन सक्छ । केही विवादमा समेत परिने योग भएकाले व्यवहारमा सचेत रहनुहोला । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । कसैसंग सामान्य झगडा पनि हुन सक्छ । सवारी साधन हाँक्दा अपनाएको सचेतका कारण चोट पटकबाट जोगिनु हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
महत्वाकांक्षी योजना फलीभूत होलान् । काममा मातापिताको सहयोग प्राप्त होला । कृषि चौपायाबाट लाभ मिल्नेछ । कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने आज राम्रो हुन्छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । तपाईंका सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । आँफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा पर्यवेक्षकका साथमा अति सुमधुर सम्बन्ध रहने छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । आफ्नो प्रतिभाको कदर हुनेछ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । चुनौती र अपठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ । परिस्थितिले अप्ठ्यारो सिर्जना गर्न सक्छ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । आर्थिक पक्ष सबल छ । स्वास्थ्यमा समस्या देखा पर्ने देखिन्छ । परिवारमा पाहुनाको चाप बढ्न सक्छ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..