

इलाका प्रहरी कार्यालय, लेटाङले शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा आपतकालीन प्रतिक्रिया कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले आधुनिक प्रविधियुक्त ड्रोन उपकरणको औपचारिक शुभारम्भ गरिएको छ।
बिज्ञापन

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ड्रोन प्रविधिको समुद्घाटन गरिएको हो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि घिमिरेले आधुनिक प्रविधिको प्रयोगले दुर्गम क्षेत्रमा समेत प्रभावकारी निगरानी, अपराध नियन्त्रण तथा खोज-उद्धार कार्यलाई सुदृढ बनाउँदै शान्ति-सुरक्षा व्यवस्थामा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो भने यसले प्रहरी कार्यलाई समेत थप चुस्त, प्रविधिमैत्री र परिणाममुखी बनाउँदै “अपराध जहाँ भए पनि निगरानीबाट उम्कन नसक्ने” स्पष्ट सन्देश प्रवाह गर्ने बताउनुभयो ।


