त्यसो त उनले अमेरिकामा नै बसेर सहयोग गर्ने रकम सिधै प्रधानमन्त्री राहत कोष मार्फत नै जम्मा गरिदिन पनि सक्थे तर उनको र उनको परिवारको चाहना अनुसार पिडित परिवारमा सहानुभुती र पिडितलाई जति सक्दो आफ्नो तर्फबाट थप के कस्ता सहयोग गर्न सकिन्छ भन्ने हेतु हतारिदै आएर विनाशकारी भुकम्पस्थल पुगी नगद हस्तान्तरण गरि हाले ।

No description available.

परोपकारी मनका धनी मेघ सुवेदीलाई साथ दिन पुगे चर्चित रंग पत्रकार प्रकाश सुवेदी वरिष्ठ चलचित्रकर्मी छविराज ओझा,संस्थाका नेपाल प्रतिनिधी एवं नायक संजित भण्डारी,पत्रकार तथा समाजसेवि राज लुइटेल , निर्माता निर्देशक शंकर घिमिरे, समाजसेवि मोहन थापा, फिल्मि पत्रकार अनुप भटराई , निशा बजगाई , रचना गौतम, पत्रकार कोमल चन्द्र भगवत, कुबेर तमाङ , मोहमद् जालिम , कलाकार समराट थापा तथा बरिष्ट पत्रकार हरिहर सिङ्ग राथोर । नगद वितरण कार्यक्रममा वास्तविक भुकम्प पिडित र सत्य तथ्य विवरण उपलव्ध गराउने तथा समन्वयनकारी कार्यका लागि समाजसेवी नर बहादुर कार्कीले महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।
नगद वितरण कार्यक्रममा सहभागी हुने व्यक्तित्वहरुले विदेशी भूमिमा रहेर पनि स्वदेशमा आवश्यक परेको वेला पिडितको आवश्यकता अनुसार सहयोगका लागि तत्कालै नेपाल आई भुकम्प पिडितलाई राहत प्रदान गरेकोमा समाजसेवी सुवेदी दम्पतीलाई धन्यवाद दिएका थिए ।
यसै गरि भूकम्प प्रभावित क्षेत्रका स्थानिय तथा पिडितहरुले सरकार र दलका नेताले आएर मुख मात्र देखाएर गईरहदा विदेशमा वसेका सुवेदीले आएर यसरी नगदै राहत सहयोग गरेकामा भगवान नै आएर मलम लगाएको महुशस भएको कुरा बताएका थिए ।

व्यक्तिगत रुपमै घाईते र मृतक व्यक्तिलाई यसरी स्वयं उपस्थिती भई उनीहरुको घाउमा मलम लगाउन सात समुन्द्र पारी देखि आएर यसरी सहयोग गरेको देख्दा आफुहरु सुवेदी दम्पती प्रति निकै प्रभावित भएको कुरा वरिष्ठ संचारकर्मी प्रकाश सुवेदीले बताए । यसै गरि निर्माता निर्देशक छविराज ओझाले व्यक्तिगत रुपमै ठुलो रकम यसरी पिडितलाई सहयोग गर्नु सुवेदी दम्पत्तीको महानतादेखि आफु निकै भावुक भएको कुरा सुनाए ।

एकै व्यक्तिले यति ठुलो रकम पिडितहरुलाई हस्तान्तरण गर्दा प्रचार प्रसार पनि उतिकै हुन्थ्यो होला तर उनी प्रचारमुखी भन्दा निस्वार्थ सेवामुखी भएका कारण उनले गरेका यस अघिका धेरै धनराशी सहयोगको कुनै चर्चा पनि भएन र गर्न पनि चाहदैनन् ।

No description available.

नायक संजित भण्डारीका अनुसार समाजसेवी सुवेदी दम्पत्तीका छोरीहरु सेजल र सिस्टरले आफ्नो खाजाको लागि छुटाइएको रकम संकलन गरि नेपालमा दुखी र असाहयलाई सहयोग गर्दै आईरहेका छन ।

यसो त सुवेदी दम्पती नेपालमा हुने विभिन्न दैवी प्रकोपमा परेका पिडितहरुको मात्र नभै नियमित रुपमै दुख कष्ट भोगेका जनताको दुःखमा जोडिदै आएका छन । मानव सेवा नै धर्म हो भन्ने मान्यतालाई आत्मसाथ गर्दै दुखीहरुलाई राहत र उनीहरुका खुसीका लागि निरन्तर लागि पर्दै आएका एक दयालु व्यक्तित्व मात्र नभएर वास्तविक समाजसेवी हुन । उनले कोभिड महामारीको समयमा होस वा बाढी पहिरो जस्ता विभिन्न प्राकृतिक प्रकोप पिडितहरुबाट दुःख पाईरहेको बेलामा सक्दो सहयोग गर्दै आएका छन ।
सुवेदी दम्पतीले झापा जिल्लाका विभिन्न स्थानमा निशूल्क स्वास्थ्य शिविर समेत संचालन गर्दै आईरहेका छन । झापाकै बेल डांगी शिविरका अपाङ्ग भई जिविकोपार्जन गर्न नसकेकाहरुलाई मासिक एक लाख विस हजार सहयोग प्रदान गर्दै आईरहेका छन ।

ईन्ट्रा नेशनल वेलफेयर एण्ड सर्पोट फाउण्डेसन अफ अमेरिकाका संस्थापक सिएफओ समेत रहेका सुवेदीले सो संस्थाबाट करोडौं वरावरको विभिन्न राहत सामाग्री नेपालका विभिन्न स्थानमा वितरण गर्दै आईरहेको छ ।
उनले हालै मात्र पर्सा र नवलपुर जिल्लाका विभिन्न विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेका थिए भने स्नेही काखलाई भवन निर्माणका लागि २१ लाख भन्दा वढि आर्थिक सहयोग देखि लकडाउनको समयमा देशका विभिन्न स्थानमा दैनिक खाना वितरण देखि मेलम्ची वाढी पिडितका लागि आवश्यक सहयोग गर्दै आईरहेका थिए ।
झापाकै बेल डांगी शिविरका अपाङ्ग भई जिविकोपार्जन गर्न नसकेकाहरुलाई मासिक एक लाख विस हजार सहयोग प्रदान गर्दै आईरहेका छन । ईन्ट्रा नेशनल वेलफेयर एण्ड सर्पोट फाउण्डेसन अफ अमेरिकाका संस्थापक सिएफओ समेत रहेका सुवेदीले सो संस्थाबाट करोडौं वरावरको विभिन्न राहत सामाग्री नेपालका विभिन्न स्थानमा वितरण गर्दै आईरहेको छ ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..