
उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र बाहिर रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न आवश्यक नीतिगत तथा प्राविधिक पहल तत्काल अघि बढाउन माग गरेको छ।
पार्टीका प्रवक्ता डा. राजु थापाले विज्ञप्ति जारी गर्दै आज निर्वाचन आयोगमा ज्ञापन पत्र पेस गरेको जानकारी गराएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘रोजगार, अध्ययन तथा बसोबासको कारण नेपाल बाहिर रहेका लाखौँ नेपाली नागरिकहरू र देशभित्रै आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर रहनुपरेका नेपालीले संविधानको धारा ८४(५) तथा २०७४ साल चैत्र ७ गते सर्वोच्च अदालतबाट जारी भएको परमादेशअन्तर्गत प्राप्त मतदान अधिकार व्यवहारमा प्रयोग गर्न नसकेको गम्भीर तथ्य उजागर गरिएको छ ।’
बिज्ञापन





