महिलामाझ एमालेप्रतिको आकर्षण बढ्दो, लोकप्रियता नयाँ उचाइमा

काठमाडौं । पछिल्ला दिनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रति महिलाहरूको आकर्षण उल्लेखनीय रूपमा बढेको देखिएको छ। महिला मतदाता तथा समर्थकबीच एमालेप्रतिको क्रेज अन्य दलको तुलनामा धेरै उच्च रहेको विश्लेषकहरूको भनाइ छ।

एमालेले अहिले महिलाका मुद्दा, नेतृत्व विकास र अवसर सुनिश्चिततामा दिएको प्राथमिकताले यसको लोकप्रियता थप बढाएको बताइन्छ। विभिन्न जागरण अभियान, महिला सहभागितामुखी कार्यक्रम तथा सामाजिक सञ्जालमार्फत गरिएको सक्रियता महिलामाझ सकारात्मक प्रभाव पर्नु मुख्य कारण मानिएको छ।

बिज्ञापन

स्थानीय निकायदेखि केन्द्रीय तहसम्म महिलाहरूको उल्लेखनीय समर्थन एमालेतर्फ केन्द्रित भइरहेको विश्लेषण गरिएको छ। राजनीतिक क्रममा महिलाको यो बढ्दो झुकावले पार्टीको भविष्यमा महत्वपूर्ण असर पार्ने विशेषज्ञहरूको अनुमान छ।