काभ्रेपलान्चोक –  रोशी ११ मा विधुत सम्बन्धि अन्तर्क्रया कार्यक्रम सम्पन्न भएको छ । संविधानसभा सदस्य ललिता किङरिङ मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै मगरले विश्व विकास बैंकले अनुदान सहकारी संस्थालाई रकम नदिएको र नि: शुल्क बत्तीले बाल्न नयाँ किरण सहकारी संस्थाले अवरोध गरेको बताउनुभयो ।
बिशेष अतिथि रोशी गाउँपालिका अध्यक्ष डि वी लामाले
नेपाल सरकारले ९० प्रतिशत सरकारले हाल्ने र ५ प्रतिशत गाउँपालिकाले हाल्ने र रोशी ११ मा डम्फु जिवन्त संग्रहालय र रहेको अौधोगिक ग्राम पनि र‍ोशी ११ मै रहेको रोशीमा नि:शुल्क बत्ती बाल्ने वचन व्यक्त गर्नुभयो!

समाजसेवी शंख बुद्ध लामाले नयाँ किरण सहकारीले पैसा उठाए बत्ती बाल्ने र स्थानीय सरकारले बिना शुल्क बाल्ने कुरा भएको र राजनीतिक पावर लगाएर नयाँ किरणको कार्य क्षेत्र भनी र‍ोकेको बताउदै विकासमा अवरोध गर्न नहुने बताउनुभयो

अतिथि उपअध्यक्ष लक्ष्मी कुमारी बर्तौलाले
अाम सर्वसाधारणबाट उठाएको पैसाको वैधानिक रुपमा नराखेको त्यसैले ग नयाँ किरण खारेज भएको बताउनुभयो

वडा नम्बर १० वडा अध्यक्ष दुधराज तामाङले गाउँपालिकाले बिधुतलाई छुट्टाएको पैसा व्यक्तिको नाममा लगेको जुन वेरुजु समेत रहेको बताउनुभयो!

अाम सर्वसाधारणको तर्फबाट दुधमान तामाङले बत्तीको कुरा गरेको ८ बर्ष भएको र हरेक ठाउँमा बत्ती बाल्दा रोशी ११ मा बत्ती नबलेको दुखेसो व्यक्त गर्नुभयो
अन्तक्रिर्या कार्यक्रममा जवाफ वडा अध्यक्ष मिलन लामाले दिनुभएको थियो र बत्ती सडक र शिक्षामा स्थानीय सरकार लागिपरेको बताउनुभयो!

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly