आगामी निर्वाचनमा देशलाई सहि दिशा दिनसक्ने प्रतिनिधि चयन गर्न सञ्चारमन्त्री खरेलको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा देशलाई सहिदिशा दिनसक्ने प्रतिनिधि चयन गर्न आग्रह गरेका छन् ।

शनिबार नेपाल मोबाईल व्यवसायी संघ काठमाडौंको दोश्रो अधिवेशन उद्घाटन गर्दै मन्त्री खरेलले गलत व्यक्तिलाई चयन गरेर पाँच बर्ष रुनुभन्दा देशलाई सहिदिशा दिनसक्ने प्रतिनिधि चयन गर्न आग्रह गरे । देशले परिवर्तन मागेको अवस्थामा युवाहरुबाटै नेतृत्व खोज्नुपर्ने उनले बताए ।

बिज्ञापन

उहाले तीन महिनाको अवधिमा ३० भन्दा बढि ठूला मुद्दा अदालत पुगेको र ८ भन्दा बढि पूर्वमन्त्रीहरु अनुसन्धानको दायरामा आएको बताए ।

खरेलले भ्रष्टाचारको अनुसन्धानका वर्तमान सरकारले कुनै दवाव नदिने स्पष्ट पारे ।