
काभ्रेपलान्चोक – पश्चिमी इन्डोनेसियाको सुमात्रा तटमा बिहीबार ६.६–परिमाणको भूकम्प गएको संयुक्त राज्य भूगर्भीय सर्वेक्षण (युएसजीएस) ले जनाएको छ। युएसजीएसका अनुसार हाल सम्म क्षति वा सुनामीको कुनै चेतावनी रिपोर्ट गरिएको छैन।भूकम्प, जुन सिमेउलु टापुमा बिहान ११ः५६ बजे २५ किलोमिटरको गहिराइमा आएको जनाइएको छ। भूकम्प पछि हिन्द महासागर सुनामी चेतावनी केन्द्रले भूकम्पबाट उत्पन्न हुने सम्भावित सुनामीको “कुनै खतरा“ नभएको बताएको छ।
इन्डोनेशियाको मौसम विज्ञान, जलवायु विज्ञान र जियोफिजिक्स एजेन्सी (बीएमकेजी) ले १० किलोमिटर गहिराइमा ६.३ म्याग्निच्युडको भूकम्प रेकर्ड गरेको तथा यो झट्काले सुनामी निम्त्याउने सम्भावना नभएको बताएको छ।


इन्डोनेसिया, दक्षिणपूर्व एशियाको एक विशाल द्वीपसमूह, प्रशान्त क्षेत्रमा अवस्थित भएको कारण बारम्बार भूकम्पको सामना गर्ने गरेको जनाइएको छ।
बिज्ञापन





