काभ्रे – बागमती टिपर ब्यवसायी संघको १२ औ स्थापना दिवसको अवसरमा मानव कल्याण समाजको सेवा घर लाई सहयोग गरेको छ

संघले ३० जोर लुगा, फलामको दुई तल्ले ४ वटा बेड र बेड सेट सहयोग गरेको बागमती टिपर व्यवसायी संघ काभ्रेको अध्यक्ष प्रेम लामाले बताउनु भयो । यस अघि संघले सेवा घरमा खाद्यान्न उपलब्ध गराएको थियो ।

संघका अध्यक्ष प्रेम लामा सहितका पदाधिकारीहरुले संस्थाका संस्थापक अध्यक्ष सुमित्रा चौलागाईलाई उक्त सहयोग हस्तान्तरण गर्नु भएको थियो ।

‘बामगती टिपर ब्यवसायी संघको स्थापना दिवस तथा अन्र्तक्रिया कार्यक्रमले समग्र ब्यवसायका बारेमा सरोकारवालाहरुको ध्यानाकर्षण भएको थियो ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..