


काठमाडौं। काठमाडौं मेयर बालेन्द्र साहले मध्यराति अश्लील शब्दसमेत प्रयोग गरी लेखेको स्टाटस हटाएपछि सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ।
बिज्ञापन


यही विषयमा शिक्षामन्त्री महावीर पुनले परोक्ष रूपमा मेयर बालेनलाई लक्षित गर्दै “सर्को तानेको बेला बोल्न वा लेख्न नहुने” टिप्पणी गरेका छन्।

उनले लेखे, “कतिपय अगुवाहरूले सर्को तानेर बोल्ने–लेख्ने गर्छन्। सर्को तान्नु समस्या होइन, तर त्यो बेला केही नबोल्न र नलेख्न अनुरोध गर्दछु।”


