
काठमाडौँ :- प्रहरी प्रधान कार्यालयले २७ प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ। यी सबै कर्मचारी आफैं कार्यालयमा गैरहाजिर भएका थिए । गैरहाजिर भएका व्यक्तिहरूमा प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी हबल्दार २ जना, सहायक हबल्दार ३ जना, प्रहरी जवान २० जना र कार्यालय सहयोगी १ जना रहेका छन् ।


स्रोतका अनुसार, यी गैरहाजिर कर्मचारीहरू मध्ये २ जना बाहेक अरु सबै जेनजी आन्दोलनपछि कार्यालयको सम्पर्कमा नरहेका देखिन्छन्। प्रहरी प्रधान कार्यालयले भने, गैरहाजिर कर्मचारीहरूलाई चाँडो नै कार्यालयमा उपस्थित हुने व्यवस्था गर्न आग्रह गरेको छ ।
बिज्ञापन





