पशुपति क्षेत्र बिकास कोषको जग्गामा बनाइएका अनाधीकृत संरचनामाथि चल्यो डोजर

काठमाडौं । काठमाडौं महानगरले पशुपति क्षेत्र बिकास कोषको जग्गामा अनाधीकृत रुपमा बनाइएका संरचनामाथि डोजर चलाएको छ ।

महानगरले शुक्रबार गौशाला, तिलगंगा र पशुपति क्षेत्रभित्र कोषको जग्गामा बनाइएका अनाधीकृतमाथि डोजर लगाएको हो । सो क्रममा कोषको जग्गामा बनाइएका ५ वटा टहरा हटाइएको काठमाडौं महानगर प्रहरी बलका प्रमुख विष्णु प्रसाद जोशीले जानकारी दिए । उनले कोषबाट अनुरोध भए अनुसार नै अनाधीकृत संरचना हटाइएको उल्लेख गरे ।

बिज्ञापन

केहि समय अघि निर्वाचन र आचारसंहिताका कारण अनुगमनका साथै अनाधीकृत संरचना हटाउने कार्य राकिएकोमा अव भने तीव्रताका साथ काम अघि बढ्ने उनले बताए ।

महानगरभित्र कवाडी व्यवसाय गर्न नपाइने नीति रहेकाले अव कडाइका साथ कवाडी हटाइने जोशीले बताए ।