नायिका वर्षा राउतले समाजको अन्यायप्रति व्यक्त गरिन् गहिरो पीडा

 

काठमाडौं – नायिका वर्षा राउतले समाजमा महिलामाथि हुने दोहोरो मापदण्ड र अन्यायप्रति कडा टिप्पणी गरेकी छन्। उनले सामाजिक अपेक्षा, दबाब र बेइन्साफीका कारण धेरै व्यक्ति भित्रैदेखि मानसिक रूपमा चक्नाचुर हुने अवस्था आएको बताइन्।

बिज्ञापन

वर्षाले भनिन् कि महिलाले सहनु पर्ने अपमान, धोका र चोटप्रति समाज प्रायः मौन रहन्छ, तर एउटै सामान्य शब्द बोले पनि महिलाविरुद्ध प्रतिक्रिया व्यक्त हुने गरेको छ। उनले समाजले बाहिर राम्रो देखाउने प्रयास त गर्ने तर भित्रको गल्ती सुधार्न नचाहने प्रवृत्तिले मानिसलाई एक्लोपना र अन्धकारतर्फ धकेल्ने उल्लेख गरिन्।

उनले भावनात्मक स्टाटसमा प्रश्न उठाइन्, “यस्तो समाजमा बाँच्न किन यति कठिन छ?” उनको यो स्टाटस सामाजिक सञ्जालमा व्यापक चर्चा भएको छ।