
विराटनगर विमानस्थलमा नेता टोलीमाथि मसी छ्याप्ने प्रयास, युवा संघ नेपालको जागरण सभा सुरु


विराटनगर, कोशी प्रदेश — विराटनगर विमानस्थलमा एमाले नेता महेश बस्नेतको टोलीमाथि रातो मसी छ्याप्ने तथा आक्रमण गर्ने प्रयास गरिएको घटना गम्भीर र निन्दनीय भएको बताएका छन्। उनीहरूले लोकतान्त्रिक व्यवस्थामा असन्तुष्टि प्रकट गर्दा पनि निश्चित मर्यादा र शान्तिपूर्ण व्यवहार अत्यावश्यक रहेको उल्लेख गरे।


घटनापछि सुरक्षाकर्मीको तत्कालिक हस्तक्षेपका कारण परिस्थितिलाई नियन्त्रणमा ल्याइएको थियो। यसका लागि प्रहरी प्रशासनको तत्परताप्रति धन्यवाद व्यक्त गरिएको छ।

एमाले नेता महेश बस्नेत नेता टोलीले ‘हिंसा होइन, विचार, संवाद र लोकतान्त्रिक अभ्यासमार्फतै देश अगाडि बढ्छ’ भन्दै अराजकता तथा आपराधिक गतिविधि कुनै हालतमा स्वीकार्य नहुने स्पष्ट बताएका छन्।
यसैबीच, अवरोधका बीच पनि युवा संघ नेपालको कोशी प्रदेश जागरण सभा विराटनगरमा भव्य रूपमा सुरु भएको छ। कार्यक्रममा युवाको उच्च सहभागिता, ऊर्जा र सकारात्मक सन्देश देखिएको आयोजकले जनाएको छ। उनीहरूका अनुसार उक्त अभियानले देशभर नयाँ प्रेरणा र उत्साह फैलाउने अपेक्षा गरिएको छ।


