काभ्रेपलान्चोक – काठमाडौँ उपत्यकाकाप्रमुख जिल्ला अधिकारीको बैठक आज बस्दै छ । बैठकले निषेधाज्ञा थप्ने तयारी गरेको स्रोतले जानकारी दिएको छ । काठमाडौँ उपत्यकाको निषेधाज्ञा फेरि थपिने भएको छ ।

पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढदै गएपछि निषेधाज्ञामा कडाइ गर्न लागेको हो । कोरोना जोखिम कायमै रहेको हुँदा निषेधाज्ञा थप्ने तयारी गरिएको छ । यसबारे निर्णय गर्न आज काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । दिउँसो २ बजे काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा बस्ने बैठकले जारी निषेधाज्ञा केही परिमार्जन सहित थप्ने तयारी गरेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..