‘नेपाल बन्द फिर्ता : सरकार–महाअभियानबीच बालुवाटारमा सहमति’

 

काठमाडौँ । सरकार र ‘नागरिक बचाउ महाअभियान नेपाल’का प्रतिनिधिबीच शनिबार बालुवाटारमा भएको वार्तामा महाअभियानले प्रस्तुत २७ बुँदे मागबारे विस्तृत छलफल सम्पन्न भएको छ। शान्ति–सुरक्षाको वर्तमान अवस्थालाई ध्यानमा राख्दै उठाइएका मुद्दाहरू सम्बोधन गर्न सरकारले निरन्तर वार्ता र सहजीकरण गर्ने सहमति भएको हो।

बिज्ञापन

महाअभियानले मंसिर ७ गतेदेखि घोषणा गरेको नेपाल बन्द तथा अनिश्चितकालीन आमहड्ताल फिर्ता लिएको जनाएको छ। वार्तामा महाअभियानतर्फ सचिव प्रेमदीप लिम्बु नेतृत्वको टोली तथा सरकारतर्फ गृहमन्त्री ओमप्रकाश अर्यालसहित प्रधानमन्त्रीका सल्लाहकारहरूको टोली सहभागी थियो। अर्को चरणको वार्ता शीघ्र गर्ने सहमति भएको छ।