दृष्टिबिहीनहरूले भोग्ने गरेका दुखसुखको कहानीलाई गीतमा उतारिएको ‘हाम्रो पनि मन हुन्छ…’ बोलको गीतको म्युजिक भिडियो डिलाईटेड नेपाल युटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ । यसैबर्ष रचना तर्फको नातीकाजी स्मृती पुरुस्कारबाट पुरस्कृत गीतकार डी. पी. दाहाल परिश्रमीद्वारा रचित गीतमा दृष्टिबिहीनहरूको मन भित्रका भोगाईहरूलाई प्रस्तुत गरिएको छ ।

प्रत्यक्ष रुपमा आँखा देख्नेहरूले आँखा नदेखि बिबश भएकाहरूलाई अन्तरमनदेखि नै माया गरौँ, उनीहरूले बाहिरी आँखा नदेखेपनि भित्री आँखाले सबै देखिरहेको हुन्छ भन्ने कुरा गीतले बोलेको छ ।

धेरै धन कमाएकाहरू पनि सुखी नभएका र मनका खुशी पनि बाहिरै देखिदैनन तसर्थ हामी भित्र रहेका बाहिरी र भित्री आँखा चिन्नुपर्ने, मान्छेको मनभित्र नै आगो र पानी हुने भएकाले संयमपूर्बक प्रस्तुत हुनुपर्ने, र दैबको लेखालाई कसैले टार्न नसक्ने पनि गीतमा समाबेश छ ।

सार्वजनिक गीतमा गायक दिपक लिम्बु, गायिका पूजा देबकोटाको स्वर, पूरुषोतम न्यौपानेको सङ्गीत, केशव बडुको एरेन्ज रहेको छ । भिडियोलाई निर्देशक स्मृती तिमिल्सेना (गुरुआमा)ले निर्देशन गर्नुभएको हो । भिडियोमा कलाकार द्वय कमल सिंह र आयुष्मा कार्किको अभिनय छ । डिलाईटेड नेपालको ब्यानरमा प्रस्तुतकर्ता रिता सिम्खडा दाहाल, सम्पादन कलर प्रकाश धमला, क्यामरा सुरेश श्रेष्ठको छ ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..