काभ्रेपलान्चोक – बनेपा नगरपालिका प्रमुख उप-प्रमुखले वडा नं. ११ को योजनाहरु आज निरिक्षण गर्नु भएको छ । आज वडा भरी रहेका विभिन्न योजनाहरु कतै सुरु हुन लागेका, कतै सम्पन्न भएका र बन्दै गरेका विभिन्न योजनाहरुको अनुगमन गरिएको हो । अनुगमनको क्रममा नगर प्रमुख लक्ष्मी नरसिं बादेले छिटै गुणस्तरीय काम गरेर देखाउन निर्देशन दिनु भएको छ । 

बनेपा नगरपालिका वडा नं. ११ सल्लेको योजना निरिक्षणमा नगर प्रमुख लक्ष्मी नरसिं बादे, उप प्रमुख रेखा सापकोटा दाहाल, वडा अध्यक्ष शिब कुमार थापा, नेकपा एमाले ११ नम्बर वडा कमिटी अध्यक्ष जयराम गिरि र वडा सदस्य लगायतको उपस्थिति रहेको थियो      ।   

उक्त योजनामा नगर स्तरीय योजना अन्तर्गत ५० लाखमा ढलान, बाटो चौडा र साईड ड्रेन गरिएको वडा अध्यक्ष शिब कुमार थापाले बताउनु भयो ।     

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..