सदस्य रहात तथा लघुकर्जा बीमा दाबी रकम हस्तान्तरण

 

मण्डनदेउपुर । सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. कुन्तावेशी सेवाकेन्द्रले सदस्य सुरक्षा कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको लघुकर्जा तथा दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ।

बिज्ञापन

मिति २०८२ भदौ १३, शुक्रबार सेवाकेन्द्र व्यवस्थापन उप–समिति संयोजक नारायण प्रसाद लम्सालको सभाध्यक्षता तथा सहकारी संस्थाका अध्यक्ष मुकुन्द शर्माको विशेष उपस्थितिमा आयोजित कार्यक्रममा, मण्डनदेउपुर नगरपालिका–२, मेषगाउँका दिवंगत सदस्य विनोद घोरासैनी (सदस्यता नं. १४९६/०६) को परिवारलाई बीमा दाबी रकम हस्तान्तरण गरिएको हो।

दुर्घटनामा निधन भएका सदस्य घोरासैनीकी श्रीमती अस्मिता दाहाललाई संस्थाले समवेदना व्यक्त गर्दै रु. ६ लाख २५ हजार (मात्र) अध्यक्ष शर्मामार्फत प्रदान गरिएको थियो।

कार्यक्रममा मृतकका बुवाले सहकारी संस्थाले सुख–दुःखमा साथ दिँदै ठूलो सहयोग गरेकोमा आभार प्रकट गर्दै, पीडाको घडीमा प्राप्त यो सहयोग परिवारका लागि ठूलो आधार बनेको बताए।

सो अवसरमा संस्थाका सचिव सरोज कुमार तिमल्सिना, सञ्चालक सदस्यहरु राम प्रसाद तिमल्सिना, रामकृष्ण घिमिरेलगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा स्थानीय ४८ जनाको सहभागिता थियो भने सहजिकरण कुन्तावेशी सेवाकेन्द्र प्रमुख विनोद सापकोटाले गरेका थिए।