
हरिशरण बाटा कस्मेटिक व्यवसायी संघ काभ्रेको संयोजकमा चयन
काभ्रे । कस्मेटिक व्यवसायी संघ काभ्रेको संयोजक पदमा हरिशरण बाटा चयन हुनुभएको छ।

बाटा संयोजक पदमा चयन हुनुभएपछि व्यवसायीहरूले उहाँलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायीबीचको एकता तथा व्यावसायिक विकासमा उहाँको नेतृत्व प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ।
बिज्ञापन

संघलाई थप व्यवस्थित र नयाँ उचाइमा पुर्याउँदै व्यवसायीका समस्या तथा हकहितका विषयलाई प्राथमिकतामा राखेर अघि बढ्ने अपेक्षा गरिएको छ।


हरिशरण बाटाको नेतृत्वमा संघको आगामी कार्यकाल व्यवसायीको हित, एकता र व्यावसायिक विकासका लागि प्रेरणादायी र सफल बन्ने विश्वास व्यवसायीहरूले व्यक्त गरेका छन्।

