निर्देशक निरेन श्रेष्ठको उत्कृष्ट निर्देशनमा ‘पातली ऐ परान’ सार्वजनिक

# निर्देशक निरेन श्रेष्ठको उत्कृष्ट निर्देशनमा ‘पातली ऐ परान’ सार्वजनिक
काभ्रे प्रेस
काभ्रे प्रेस || शुक्रबार, मंसिर ०५, २०८२
निर्देशक निरेन श्रेष्ठको उत्कृष्ट निर्देशनमा ‘पातली ऐ परान’ सार्वजनिक

काठमाडौँ।  नेपाली लोकसंगीतको क्षेत्रमा नयाँ भावनात्मक सिर्जना ‘पातली ऐ परान’ सार्वजनिक भएको छ। नयाँ लोकगीतको म्युजिक भिडियो ‘पातली ऐ परान’ निर्देशक निरेन श्रेष्ठको कुशल निर्देशनमा बनेको यस भिडियोले सुरुवातदेखि अन्त्यसम्म दर्शकलाई आकर्षित गर्ने भावनात्मक कथावस्तु प्रस्तुत गरेको छ।

गीतमा घमेश दुलाल र शारदा रसाइलीको सुमधुर स्वर रहेको छ भने शब्द सर्जक अशोक कुमार सापकोटाका प्रभावशाली शब्द तथा नारायण दंगालको संगीत संयोजनले गीतलाई गहिरो भावनात्मक गहिराइ दिएको छ। गीतको रेकर्डिङ गोपाल दयाल, मिक्स तथा मास्टरिङ मनोज परियारले गरेका छन्। सम्पूर्ण अडियो निर्माण Music Plus ‘mf’ स्टुडियोमा सम्पन्न गरिएको हो।

बिज्ञापन

गीतमा कुमार सुनेल, बिना राउत, दीपेन्द्र सोनाम र जुनु एस्.डि.को दमदार अभिनयले कथालाई अझ जीवन्त बनाएको छ। भिडियोका छायांकन सुनिल भण्डारी रहेका छन् भने नृत्य निर्देशन नितिन वाईवाले सम्हालेका छन्। रोशन धितालको सम्पादन तथा रङ्ग संयोजनले भिडियोको समग्र सौन्दर्य बढाएको छ।

लोकगीतको मिठास, आधुनिक छायांकन, अभिनय र मन छुने कथाले भरिएको ‘पातली ऐ परान’ म्युजिक भिडियो अहिले सामाजिक सञ्जालमा दर्शकको प्रशंसा पाउँदैछ। सांगीतिक क्षेत्रमा निरन्तर सक्रिय टोलीले यसअघि जस्तै यसपटक पनि उत्कृष्ट निर्माण प्रस्तुत गरेको दर्शक तथा संगीतप्रेमीहरूको प्रतिक्रिया छ।

यसअघि पनि चर्चित निर्देशन प्रस्तुत गर्दै आएका निर्देशक निरेन श्रेष्ठले यस भिडियोमार्फत आफ्नो कलात्मकता अझ प्रभावशाली ढंगले प्रस्तुत गरेका छन्। निर्देशक  निरेन श्रेष्ठले लोकदोहोरी, आधुनिक, पप, राष्ट्रिय भाव, भजन गरेर पाँचसय भन्दा बढी गीतको भिडियो निर्देशन गरिसकेका छन् ।

गमलामा जाई, बधाई छ, बिहेको रत्यौली, मायाँ बसेसी, घैया मकै, ए साइँली, वरको हाँगो, हे माया, कस्तो मायाजाल, हामि देश बचाउँ, रातो सारीमा, जल्नेको मन जलिरहोस्, भूरुरु उडेको चरी, जानेलाई वाई वाई छ, बालेनको शहर , वई भन्नेलाइ होइ , जाउत भने बाटैमा खोला, पैसा कता जान्छ , रातो भाले खाउ , चिया कफी देउ लगायत अन्य थुप्रै भिडियो चर्चामा रहन सफल भएका छन् ।

हेर्नुस भिडियो……

 

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up