
सोमबार नेप्से परिसूचक १३.८८ अंकले घटेको छ।गत बिहीबारदेखि घट्न थालेको नेप्सेले यसदिन पनि निरन्तरता पाएको हो।नेप्से ०.५३ प्रतिशतले घटेर २५८१.२१ विन्दुमा बन्द भएको छ। सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

आइतबार चार अर्ब ५२ करोड रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर तीन अर्ब ५१ करोड रूपैयाँ पुगेको छ।
बिज्ञापन

सोमबार ३३२ वटा धितोपत्रको ९१ लाख ६७ हजार ३५९ कित्ता सेयर किनबेच भएको हो।यसदिन ५४ कम्पनीको सेयरमूल्य बढेको छ भने १९९ वटाको घटेको छ। यस्तै ६ कम्पनी स्थिर छन्।




