समृद्धि सहकारीको १७औँ साधारण सभा प्रारम्भ, आर्थिक सूचकांक उत्साहजनक

 

बनेपा — समृद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बनेपा–५ ले आफ्नो १७औँ वार्षिक साधारण सभाको औपचारिक सुरुआत गरेको छ। मंसिर ४ गते सुरु भएको यो सभा दुई दिनसम्म चल्नेछ।

बिज्ञापन

अध्यक्ष साधुराम दाहालको अध्यक्षतामा भएको उद्घाटन सत्रमा वडा नं. ५ का अध्यक्ष तथा सहकारीका शेयर सदस्य बलराम अधिकारी प्रमुख अतिथिको रूपमा उपस्थित थिए। सहकारीका ९२ वर्षीय बयोवृद्ध सदस्य चेतनाथ तिमल्सिनाले विशेष आतिथ्यता ग्रहण गर्दै संस्थाको निरन्तर प्रगतिप्रति खुशी व्यक्त गरे।

कार्यक्रममा संस्थाका सचिव पुष्पराज कोइराला, पत्रकार महासंघ काभ्रे शाखाका पूर्व अध्यक्ष मोतीराम तिमल्सिना, लेखा समिति संयोजक श्यामप्रसाद दाहाल, संचालक समिति सदस्य तथा प्रबन्धक अनुप धिताललगायतले सहकारीको वर्तमान अवस्था, उपलब्धि र आगामी योजनाबारे प्रस्तुतिका माध्यमबाट जानकारी गराए।

सम्पूर्ण १,१२२ जना शेयर सदस्यसहित संचालित सहकारीले यस वर्ष २५ करोड ८८ लाखभन्दा बढी कारोबार गरेको छ। आर्थिक विवरणअनुसार सहकारीले १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।

हाल संस्थाको—

शेयर पुँजी: २ करोड ८३ लाख १५ हजार

जगेडा कोष: ५ करोड ४४ लाख

निक्षेप संकलन: १७ करोड ३२ लाख ४५ हजार

लगानी: १३ करोड ९७ लाख १ हजार रहेको सहकारीले जनाएको छ।

सहकारीका सञ्चालकहरूको भनाइमा, हालका आर्थिक सूचकांक संस्थाको सहज, स्थिर र दिगो यात्राको संकेतक रहेको छ।