काभ्रेपलान्चोक – न्यायप्रेमी युवा संघमा सामाजिक परिवर्तन युवाको काँँधमा भन्ने मुल नाराको साथमा राष्ट्रिय युवा संघ नेपाल भुम्लु गाउँपालिका कमिटीको दोश्रो अधिबेशन तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय युवा संघ नेपाल भुम्लु पालिका कमिटीको अध्यक्ष बिशाल श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।

राष्ट्रिय युवा संघ नेपाल “भुम्लु गाउँपालिका कमिटी”को दोस्रो अधिवेशन बाट अध्यक्षमा एक बहादुर श्रेष्ठ, उपाध्यक्षमा प्रताप तामाङ, सचीवमा मिलन कुवर, सह – सचिव अरुण पराजुली, सह- सचिव सोमित माझि, कोषाध्यक्ष विपिन श्रेष्ठ, युथफोर्श प्रमुख अमिर लामा गरि २१ सदस्य कमिटि निर्वाचित भएको छ ।

नेकपा एमालेको पोलिट्ब्युरो सदस्य तथा पुर्व मन्त्री गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय वरिष्ठ उपाध्यक्ष अमित लामाको बिशिस्ट आतिथ्यतामा, बिशिस्ट अतिथि केन्द्रिय कमिटी सदस्य कपिल देव पोखरेल, नेकपा एमाले काभ्रे जिल्ला कमिटी सचिब राजन भुर्तेल, पुर्व उप-सचिब रिता ढकाल, काभ्रे ईन्चार्ज होमप्रसाद चौलागाई, संघीय निर्वाचन क्षेत्र नं. २ को संयोजक रामशरण दाहाल, नेकपा एमाले भुम्लु पालिका इन्चार्ज तथा काभ्रे जिल्ला सचिवालय सदस्य प्रेम लामा, भुम्लु पालिका कमिटी अध्यक्ष लोक बहादुर कुँँवर, राष्ट्रिय युवा संघ नेपाल काभ्रे जिल्ला अध्यक्ष इश्वर वल्लभ सापकोटा समाजसेवी तथा युवा नेता महेश कुँवर लगायतको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..