जिफण्ट काभ्रेको श्रमिकको प्रशिक्षण कार्यक्रम सम्पन्न

काभ्रेपलान्चोक – शनिबार काभ्रेको वनेपामा नेपाल ट्रेड युनियन महासंघ जिफण्ट काे विभिन्न पेशामा आवद्ध श्रमिकहरूकाे प्रशिक्षण कार्यक्रम नेकपा एमाले जिल्ला कमिटी सदस्य मजदुर विभाग ईन्चार्ज विदुर खत्रीकाे सभापतित्वमा सम्पन्न भएकाे छ ।

नेकपा एमालेकाे पाेलिटव्युराे सदस्य एवम् पुर्व सुचना तथा संचार मन्त्री गाेकुल प्रसाद बांस्काेटाकाे प्रमुख आतिथ्यतामा र नेकपा एमाले वागमती प्रदेश सदस्य कुमार थापा, नेकपा एमाले वागमती प्रदेश सदस्य एवं मजदुर बिभाग ईन्चार्ज उद्दव के.सि, नेकपा एमाले काभ्रे जिल्ला सह-सचिव रिता ढकाल, नेपाल ट्रेड युनियन महासंघ जिफण्ट बागमती अध्यक्ष रामहरि नेपाल, नेकपा एमाले काभ्रे जिल्ला सदस्य एवं जनवर्गीय संगठन ईन्चार्ज कन्चन अधिकारि, नेपाल ट्रेड युनियन महासंघ जिफण्ट बागमती प्रदेश सदस्य बल वा.लाे ,शान्ति कार्कि, राम कुमार ढुङ्गाना लगायतकाे मजदुर नेताहरूकाे उपस्थिति रहेकाे थियाे ।

बिज्ञापन

प्रशिक्षण कार्यक्रम आसन्न प्रतिनिधि, प्रदेश सभा निर्वाचन र प्रत्येक पालिकामा श्रम डेक्स संचालन र सामाजिक सुरक्षा काेषमा प्रत्येक श्रमिक लाई समावे गराउने विषयमा आधारित प्रशिक्षण कार्यक्रममा पार्टी तथा मजदुर नेताहरूले बाेल्नु भएकाे थियाे ।