प्रिमियर बचत तथा ऋण सहकारीको १४औँ वार्षिक साधारण सभा सम्पन्न

 

बनेपा, काभ्रे ।
प्रिमियर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बनेपा–७ को १४औँ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष श्री पूर्णलाल रञ्जितकारको सभापतित्वमा भैरवकुण्ड पार्टी प्यालेस, बनेपामा सम्पन्न भएको छ। सभाको उद्घाटन संस्थाका ज्येष्ठ सदस्य झलकप्रसाद कोइरालाले गर्नुभएको थियो।

बिज्ञापन

कार्यक्रममा संचालक समिति, लेखा समिति, सल्लाहकार, विभिन्न उप–समितिका संयोजक एवं सदस्य तथा शेयर सदस्यज्यूहरुको उल्लेख्य उपस्थिति रह्यो।

प्रतिवेदन तथा प्रस्तुतिकरण

सभामा संचालक समितातर्फबाट अध्यक्ष रञ्जितकारले मन्तव्यसहित वार्षिक प्रतिवेदन–२०८२ प्रस्तुत गर्नुभयो। उपाध्यक्ष श्याम थापाले स्वागत मन्तव्य राख्नुभएको थियो। वार्षिक प्रगति प्रतिवेदन संस्थाका सचिव राजन सापकोटाले प्रस्तुत गर्नुभयो भने आर्थिक प्रतिवेदन तथा अनुमानित बजेट कोषाध्यक्ष सुनिल चौलागाईंले प्रस्तुत गर्नुभयो।
लेखा समितिको प्रतिवेदन लेखा संयोजक डम्बर बहादुर लम्सालले प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रम संचालन सचिव सापकोटाले गर्नुभएको थियो।

संस्थाको प्रगति र वित्तीय विवरण
“सुरक्षित भविष्यको सुरुवात…” भन्ने मूल नाराका साथ स्थापित सहकारीले छोटो अवधिमा उल्लेख्य प्रगति गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत सन्तोष दाहालले जानकारी दिनुभयो।
भक्तेश्वर बहुउद्देश्यीय सहकारी (२०७८/०१/०५) तथा आयाम साकोस र आरभ बहुउद्देश्यीय सहकारी (२०७८/०९/२७) सँग एकीकृत भई बनेको प्रिमियर सहकारीले आ.व. २०८१/८२ असार मसान्त सम्म निम्न उपलब्धि हासिल गरेको छ—

शेयर सदस्य संख्या: ७,५०२ जना

शेयर पूँजी: रु ४,१८,३५,६००/-

बचत निक्षेप: रु ३४,६४,८०,४२०/-

जगेडा तथा अन्य कोष: रु २,८७,६८,०६२/-

कर्जा लगानी: रु ३२,४०,३८,८०१/-

कुल वासलात: रु ४४,५०,४०,७५४/-

शुद्ध नाफा: रु ३२,११,८५५/-

संस्थाले यस वर्ष कुल शेयर लगानीको ४.५% नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

निर्वाचन तथा अन्य गतिविधि

रिक्त रहेको लेखा सदस्य पदमा बद्री प्रसाद पराजुली निर्वाचित हुनुभएको छ। साधारण सभा २०७८ असोज २१ गते नमोबुद्ध र पाँचखाल सेवा केन्द्रहरूमा, तथा २२ गते समापन समारोहसहित बनेपामा सम्पन्न गरिएको थियो।

कार्यक्रमको अवसरमा सुप्रिम डेन्टल केयर प्रा. लि. को सहकार्यमा निशुल्क दन्त परीक्षण शिविर पनि सञ्चालन गरिएको थियो।