काभ्रेपलान्चोक – कोरोना भाइरल संक्रमण दर दिन प्रतिदिन बढिरहेको छ । बनेपा,पनौती, धुलिखेलका व्यापारीहरु कोरोनाको उच्च जोखिममा छन । कोरोना संक्रमण बाट बच्नको लागि उनीहरु खोप नलगाई व्यवसाय संचालन गर्न बाध्य भएका थिए भने अहिले जिल्लाका व्यापारी र उद्योगीहरुले खोप लगाएका छन ।

काभ्रे उद्योग बाणिज्य संघको विशेष पहलमा बनेपा नगरपालिकाले खोप दिएको थियो । उद्योग बाणिज्य संघको भवनमा मंगलवार २०० जनाले भेरोसेल खोप लगाएका छन् । यो भन्दा अगाडि पनि astrazeneco खोप २७० जना उद्योगी र व्यापारीले लगाएको काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र पंछसेले बताउनु भयो । उहाँले भन्नू भयो उद्योग बाणिज्य संघमा आवद्ध रहेका २००० भन्दा माथि सदस्यहरु बाट आएकाहरु लाई पहिलो र दोश्रो चरणमा गरि ४७० जनाले खोप लगाएका छन ।   

काभ्रे उद्योग बाणिज्य संघले कोरोना भाइरस कोभिड- १९ बाट बच्नको लागि जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएको काभ्रे उद्योग बाणिज्य संघका महासचिव रबिन्द्र बैदारले काभ्रे प्रेस लाई जानकारी दिनु भयो । उहाँले भन्नू भयो उद्योग बाणिज्य संघमा आवद्ध सबै लाई खोप नपुगेको र अबको केही हप्तामा नै अर्को खोप ल्याउने तयारी भैरहेको बताउनु भयो ।

बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिंह बादे, प्रशासकीय अधिकृत कविराज उप्रेती, स्वास्थ्य शाखा प्रमुख शम्भु कुमार महतो, काभ्रे उद्योग बाणिज्य संघका पदाधिकारीहरुको उपस्थितिमा खोप लगाइएको थियो ।           

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..