अनेरास्ववियुको नयाँ नेतृत्व: दीपक धामी अध्यक्ष, अञ्जना सिवाकोटी महासचिव

काठमाडौं – अनेरास्ववियुले अध्यक्ष डा. सुजन कडरियाको राजीनामा स्वीकृत गर्दै महासचिव दीपक धामीलाई नयाँ अध्यक्ष चयन गरेको छ। गत भदौ २४ गतेको ‘जेनजी आन्दोलन’पछि कडरियाले पद छोड़ेका थिए। सोमबार बसेको पदाधिकारी बैठकले उपाध्यक्ष अञ्जना सिवाकोटीलाई नयाँ महासचिव बनाउने निर्णय पनि गरेको छ।

कडरियाले पदमा फर्कने प्रयास गरे पनि संगठनभित्र विवाद भएपछि उनले फेसबुकमार्फत राजीनामा स्वीकृत गरेकोमा धन्यवाद व्यक्त गर्दै आफू अब पूर्ण रूपमा पार्टी जीवनमा समर्पित हुने बताए। उनले नवनियुक्त अध्यक्ष धामीलाई बधाई दिँदै अनेरास्ववियुमा बिताएका सबै क्षणहरूलाई औपचारिक रूपमा अन्त्य भएको उल्लेख गरे।

बिज्ञापन