प्रहरी नायव निरीक्षक उमेश प्रसाद थपलियाको बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न

 

बनेपा, असोज ११ । नेपाल प्रहरीका नायव निरीक्षक उमेश प्रसाद थपलियाको बिदाई तथा सम्मान कार्यक्रम आज एक समारोहका बीच सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख आतिथ्य जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजु रहनुभएको थियो।

बिज्ञापन

मिति २०५३ साल जेठ १५ गते प्रहरी जवान पदबाट सेवा यात्रा सुरु गर्नुभएका थपलिया विभिन्न समयमा पदोन्नति हुँदै हाल नायव निरीक्षकको पदमा कार्यरत रहनु भएको थियो। उमेर हदका कारण अनिवार्य अवकाशमा जान लाग्नुभएका उहाँले बिदाई कार्यक्रममा सेवाकालीन अनुभवहरू साझा गर्दै संगठनप्रति आभार व्यक्त गर्नुभयो।

प्रमुख धाँजुले थपलियाले प्रहरी सेवामा पुर्‍याउनुभएको योगदानको उच्च प्रशंसा गर्दै आगामी व्यक्तिगत, पारिवारिक तथा सामाजिक जीवनमा सफलताको शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रममा उहाँलाई अवकाश पत्रसहित मायाको चिनो प्रदान गरिएको थियो।