



धुलिखेल -८ बडाल गाउँका प्रतिनिधि मण्डलले मानव कल्याण समाज काभ्रे संखुमा रहेका अशक्त असाहय जेष्ठ नागरिकहरुलाई खाद्य समाग्री र लत्ताकपडा वितरण गरेको छ। संस्थाका अध्यक्ष रमेशप्रसाद न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा संस्थापक अध्यक्ष उद्दबप्रसाद बडालले खाद्य समस्ग्री , मानव समाज कल्याणका प्रतिनिधि सुरेश हुमागाइलाई हस्तान्तरण गर्नु भयो। जन चेतना युवा समुहले बिगत २८ वर्ष देखि जागरण अभियान , समाजिक क्रियाकलाब , जेहेन्दार , गरिबका छोरा छोरीहरूलाई छात्रवृत्ति प्रदान गर्दैबाएको कुरा संस्थाका उपाध्यक्ष रमेश बडालले बतसुनुभयो। संस्थाका सचिव नबराज बडाल सदस्यहरु बिष्णुबहादुर भुजेल, पार्वती केसी आजीवन सदस्य सुरेश बडालको सहभागीता रहेकोे थियो। संस्थाकी सदस्य संगिता चौलागाईंले लत्ताकपडा संकलनमा सहायता पुर्याउनु भएको थियो। मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौलागाईंका अनुसार संस्थामा ५० जना अशाहय , जेष्ठ नागरिकहरुलाई सहयोगी हातबाट नै भरण पोसण गर्दै आएको बताउनु भयो।


