बनेपाका सन्देश मानन्धर प्रदेशमा प्रथम भएपछि नवौँ राष्ट्रिय प्रतियोगिताको लागि गण्डकी प्रदेश जादै

काभ्रेपलान्चोक – नेपाल क्योकुशिन सेइसिनकाइकान कराते संघका
सन्देश मानन्धर पुरुष खुल्ला तौल समुहमा प्रदेश नं ३ बाट प्रथम हुन भएको छ । बनेपाको लायकुमा भएको प्रदेश स्तरीय खेलमा प्रथम स्थान हासिल गर्नु भएको हो ।

प्रदेश स्तरीय खेलमा प्रथम भइ नवाैं राष्ट्रिय खेलकाे लागि छनाैट हुनु भएको छ । बागमती प्रदेश स्तरीय प्रतियोगिताबाट छनोट भएको खेलाडी गण्डकी प्रदेशमा हुने लागेको नवौँ राष्ट्रिय प्रतियोगितामा सहभागी हुनेछन् । 

बिज्ञापन